दाङ बङ्गलाचुलीमा नमूना मतदान सम्पन्न
दाङ, बैशाख २४ : स्थानीय तह निर्वाचनमा मतदान प्रक्रिया सहज बनाउन र बदर मत काम गर्नका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आज..._Moment_7.jpg)
दाङ, बैशाख २४ : स्थानीय तह निर्वाचनमा मतदान प्रक्रिया सहज बनाउन र बदर मत काम गर्नका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आज बङ्गलाचुली गाउँपालिका–५ लोहारपानीमा नमूना मतदान गरेको छ।
साङ्केतिक चुनाव चिह्न राखेर बङ्गलाचुलीको वडा नं ५ का मतदातालाई नमूना मतदान गराइएको थियो। बाउन्न पुरुष र १२ महिला गरी ६४ जना मतदानमा सहभागी रहेको कार्यालयले जानकारी दिएको छ। आंशिक मत बदर भएको, सदस्यलाई मतदान गर्दा पाँचवटा मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए।
नमूना मतदानमा महिला, पुरुष, अशक्त र ज्येष्ठ नागरिकको लाइनलाई व्यवस्थित गर्न सिकाइएको थियो। नमूना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारी, शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कुँवर, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। विसं २०७४ को स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाता सचेत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।












