Kathmandu Press

श्रीलंका र आईएमएफबीच प्राविधिक वार्ताको अर्को चरण सुरु हुने

कोलम्बो, वैशाख २४ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मे ९ देखि मे २३ सम्म श्रीलङ्कासँग प्राविधिक वार्ताको अर्को चरण सुरु गर्ने आइएमएफका...
श्रीलंका र आईएमएफबीच प्राविधिक वार्ताको अर्को चरण सुरु हुने

कोलम्बो, वैशाख २४ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मे ९ देखि मे २३ सम्म श्रीलङ्कासँग प्राविधिक वार्ताको अर्को चरण सुरु गर्ने आइएमएफका श्रीलङ्काका नियोग प्रमुख मासाहिरो नोजाकीले बताएका छन्।

नोजाकीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आईएमएफको नीतिअनुरुप आईएमएफ श्रीलङ्कालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

'श्रीलङ्काको ऋणलाई दिगो रूपमा मूल्याङ्कन गरिएको हुनाले र्याकपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट मार्फत आइएमएफको वित्तपोषणको स्वीकृतिले ऋणको दिगोपन पुनर्स्थापित हुने पर्याप्त आश्वासन चाहिन्छ,' उनले भने।

दुई पक्षले गत महिना आईएमएफको मुख्यालयमा पहिलो चरणको छलफल गरेका थिए। श्रीलङ्काले र्या पिड फाइनान्स इन्स्ट्रुमेन्ट सुविधाका साथसाथै आइएमएफबाट ठूलो विस्तारित कोष सुविधाको लागि आफ्नो विदेशी मुद्रा अभावको समस्यालाई पार गर्नको लागि आशा गरेको छ।

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, वैशाख २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्