Kathmandu Press

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

कोलम्बो, वैशाख २४ : आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ।  गत शुक्रबार मध्यरातदेखि लागु हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले...
श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

कोलम्बो, वैशाख २४ : आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ।  

गत शुक्रबार मध्यरातदेखि लागु हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

Hardik ivf

राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक सङ्कटलाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको स्पष्ट पारेको छन्।

आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो।

उहाँले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि सङ्कटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ।

आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन संकटकाल लगाउनु परेको उनको भनाइ छ।

सरकारले सङ्कटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन्।  

प्रकाशित मिति: १४:१८ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्