Kathmandu Press

हिमा गाउँपालिका सातादेखि टेलिफोनविहीन

जुम्ला, वैशाख २४ : जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेकाे छ। टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमासमेत समस्या आएको जनाइएको छ। टेलिफोन नहुँदा...
हिमा गाउँपालिका सातादेखि टेलिफोनविहीन

जुम्ला, वैशाख २४ : जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेकाे छ। टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमासमेत समस्या आएको जनाइएको छ। 

टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए। नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले टेलिफोनविहीन अवस्था भएको हो।

कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले भने, 'टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौँबाट मगाइएको छ, आइपुगेपछि टेलिफोन सञ्चालनमा ल्याइनेछ।'

टेलिफोन बिग्रिएको खबर पाएपछि नेपाल टेलिकमको प्राविधिक टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको थियो। निर्वाचनका समयमा टेलिफोनमा अवरुद्ध आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेता तथा उम्मेदवारले गुनासो गरिरहेका छन्। 

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, वैशाख २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्