Kathmandu Press

युक्रेनले मारिउपोलको अजोभस्टलबाट ५० नागरिककाे उद्धार

किभ, वैशाख २४ : जारी रुस-युक्रेन युद्धबाट घेरामा परेको सहर मारिउपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ५० नागरिकलाई बाहिर निकालिको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शुक्रबार...
युक्रेनले मारिउपोलको अजोभस्टलबाट ५० नागरिककाे उद्धार

किभ, वैशाख २४ : जारी रुस-युक्रेन युद्धबाट घेरामा परेको सहर मारिउपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ५० नागरिकलाई बाहिर निकालिको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शुक्रबार बताएका  छन्।

'उद्धार कार्य अत्यन्त सुस्त थियो। यद्यपि, आज हामीले आजोभस्टलबाट ५० जना महिला, बालबालिका र वृद्धवृद्धालाई मुक्त गर्न सफल भयौं,' भेरेश्चुकले फेसबुकमा लेखेका छन्। उद्धार कार्य शनिबार बिहान जारी रहनेछ।

अघिल्लो दिन, युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले युक्रेनले मारियुपोलबाट करिब ५०० नागरिकलाई बाहिर निकालेको बताएका थिए।

पूर्वी युक्रेनको प्रमुख अजोभ समुद्री बन्दरगाह शहर मारिउपोलले रुस-युक्रेन द्वन्द्वमा सबैभन्दा खराब हिंसा देखिएको छ।

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, वैशाख २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्