Kathmandu Press

गोदावारी पुष्पमेला लक्ष्यभन्दा बढी कारोबार

काठमाडौं, कात्तिक ४ : फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले आयोजना गरेको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा बढीको कारोबार भएको छ।

गोदावारी पुष्पमेला लक्ष्यभन्दा बढी कारोबार

काठमाडौं, कात्तिक ४ : फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले आयोजना गरेको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा बढीको कारोबार भएको छ।

शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरू भएको १३औं पुष्पमेलामा साढे ५६ लाख रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। चारदिने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो।

आइतवार तेस्रो दिनमै साढे ५६ लाख रुपैयाँको कारोबार भएको एसोसिएसनका महासचिव विष्णु पौडेलले बताए। उनका अनुसार, पहिलो दिन ६ हजार पाँच सयजनाले अवलोकन गरेका थिए भने १२ लाखको कारोवार भएको थियो।

त्यस्तै, शनिवार १५ हजार जनाले अवलोकन गरेका थिए। जसमा २५ लाखको कारोबार भएको थियो। आइतवार १० हजारले मेला अवलोकन गरेका थिए भने साढे १९ लाखको कारोबार भएको महासचिव पोखरेलले बताए।

आज मेलाको अन्तिम दिन हो। कारोबार अझै बढ्ने अनुमान गरिएको छ।

प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक चार र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनीका लागि एक स्टल राखिएको छ।

प्रकाशित मिति: ११:४४ बजे, सोमबार, कात्तिक ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्