Kathmandu Press

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

मनाङ, बैशाख २३ : दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको श्रावण महिनादेखि हालसम्म छ हजार...
अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे
Hardik ivf

मनाङ, बैशाख २३ : दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको श्रावण महिनादेखि हालसम्म छ हजार भन्दा बढी युरोपेली पर्यटक भित्रिएका छन्।

सो अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपेली पर्यटक आएका हुन्। युरोपेली देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन्। अप्रिल महिनामा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।
 
थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के पास गर्दै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ। केही समय यता यहाँ दैनिक ७७ जना विदेशी पर्यटकहरु अन्नपूर्ण पदयात्राका लागि आउने गरेको उनले बताए।

नेपालमा पहिलो पटक आएको र हिमश्रृङ्खलाहरुको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफुहरु निकै खुसी भएको पर्यटकहरु बताउँछन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ। पछिल्लो समय विदेशी मात्र नभइ आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन्। विभिन्न क्लब तथा सङ्घसंस्थामा आबद्ध भएर बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउनेहरु क्रमशः बढेका छन्।

प्रकाशित मिति: २०:३६ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्