Kathmandu Press

बूढानीलकण्ठमा ५५ मतदान केन्द्र, ४८ हजार ३०३ मतदाता

काठमाडाैं, बैशाख २३ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ५५ मतदान केन्द्र राखिने भएको छ। काठमाडौँ उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन...
बूढानीलकण्ठमा ५५ मतदान केन्द्र, ४८ हजार ३०३ मतदाता

काठमाडाैं, बैशाख २३ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ५५ मतदान केन्द्र राखिने भएको छ। काठमाडौँ उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १९ मतदानस्थलमा ५५ मतदान केन्द्र राखिने नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराइले जानकारी दिइन। नगरपालिकामा ६७ पदका लागि २८५ जनाले उम्मेदवारी दिएका छन। जसमध्ये नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत भट्टराइले बताइन।

उनले निर्वाचनमा खटाउने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको बताउइन। यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उनको भनाइ छ।

Hardik ivf

काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, बूढानीलकण्ठ र कपन गाउँ विकास समिति मिलाएर बनाइएको यो नगरपालिकामा १३ वडा रहेका छन्। काठमाडौँको दोस्रो ठूलो नगरपालिका बूढानिलकण्ठमा स्थानीय तह निर्वाचनका लागि कूल ४८ हजार ३०३ मतदाता रहेको निर्वाचन कार्यालय बूढानीलकण्ठले जनाएको छ।

स्थानीय तहको निर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट प्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले) बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा तथा नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी तथा उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन। विस २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उद्धव खरेल र उपप्रमुखमा पनि एमालेकै रमादेवी राइ विजयी भएका थिए।

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्