Kathmandu Press

बाँकेमा एमाले कार्यकर्तालाई कारबाही

नेपालगञ्ज, बैशाख २३ : नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।पार्टीले उम्मेदवार...
बाँकेमा एमाले कार्यकर्तालाई कारबाही

नेपालगञ्ज, बैशाख २३ : नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य बैजनाथ–१ का विजय चन्द, खजुरा–३ का विकास काउचा मगर, राप्तीसोनारी–१ का पदम ओली, पूर्वजिल्ला कमिटी सदस्य नेपालगञ्ज महानगरपालिका–१० का खुमानन्द काफ्ले, वडा कमिटी अध्यक्ष जानकी–५ का मातृका बर्मा, पालिका कमिटी सदस्य खजुरा–६ का हिरामान श्रेष्ठलाई कारबाही गरेको एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए।

नेपालगञ्ज–५ का वडा कमिटी उपाध्यक्ष रमजान अन्सारी, नेपालगञ्ज–६ का वडा कमिटी सदस्य मदनराज शर्मा, नेपालगञ्ज–६ का वडा कमिटी सदस्य हितेश भारतीलाई कारवाही गरिएको अध्यक्ष कक्षपतिले बताए।

प्रकाशित मिति: १८:४७ बजे, शुक्रबार, वैशाख २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्