Kathmandu Press

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख २७ : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ४ सय ५० पिसिआर परिक्षणका क्रममा १५...
थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख २७ : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ४ सय ५० पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

१ हजार ३ वटा एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै शुक्रबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन।

त्यस्तै १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ४७ जना निको भएका छन्।

हाल नेपालमा २ सय १५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्