Kathmandu Press

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

वीरगन्ज, वैशाख २३ : भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ। 

प्रहरीले उहाँलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए। 

सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मङ्गलबहादुर ब्लोनको घर लक्षित गरी बिहीबार राति महतोले बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ।

गोली प्रहार गर्नुको यकीन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा कटुवा गोलीको टुक्रा भेटिएको थियो। पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्