Kathmandu Press

युक्रेनको मारियुपोलबाट झन्डै ५ सय सर्वसाधारण विस्थापित

किभ, वैशाख २३ : संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारिउपोल सहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झन्डै ५०० नागरिकलाई बाहिर...
युक्रेनको मारियुपोलबाट झन्डै ५ सय सर्वसाधारण विस्थापित

किभ, वैशाख २३ : संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारिउपोल सहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झन्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन्।

'हामीले झण्डै ५०० नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ,' एन्ड्री येर्माकले टेलिग्राममा उल्लेख गरेका छन्।

उनले कीभले विनाशकारी सहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका  नागरिकलाई  बाहिर ल्याउनेछ। 

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, वैशाख २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्