Kathmandu Press

अफगानिस्तानमा चरम भोकमरी

काबुल, वैशाख १८ : अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ।दुई करोड  बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन्, जुन संख्या देशको कुल...
अफगानिस्तानमा चरम भोकमरी

काबुल, वैशाख १८ : अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ।

दुई करोड  बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन्, जुन संख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो। करिब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि  संयुक्त राष्ट्रसंघले जनाएको छ।  

Hardik ivf

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ। अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै  तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६,१३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ।

विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद(उल(फित्र ९संसारभरका मुस्लिमहरूले ईद(उल(फित्र मनाउने० भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो सङ्घर्षपूर्ण रह्यो।

इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ। अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ।

जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ।

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्