Kathmandu Press

पूर्वी चीनमा कार र तीन ट्रक ठोक्किँदा ५ को मृत्यु, ३ घाइते

पूर्वी चीनमा कार र तीन ट्रक ठोक्किँदा ५ को मृत्यु, ३ घाइते

हेफेई, वैशाख २३ : पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक आपसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दिउँसो १ः५० बजे भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो भने आकस्मिक उपचारपछि अर्का एक जनाको मृत्यु भएको थियो। 

घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको  बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, वैशाख २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्