Kathmandu Press

मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

काठमाडौं, वैशाख २३ : सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा...
मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

काठमाडौं, वैशाख २३ : सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
 
राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको  सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रुपमा वैकल्पिक मार्गका रुपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकारी दिए। 
     
साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत नौ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ। पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्मको कूल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ। 

Hardik ivf

विसं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्ररुपमा काम भइरहेको छ।

राजमार्गको निर्माणको जिम्मा कालिका स्वच्छन्द ररकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ । एघार मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्र भएको र यसमाथि सात मिटर चौडाइ दोस्रो लेयरमा कालोपत्र भएको उनले बताए। 

सिन्धुलीको सदरमुकामस्थित  कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो । राजमार्गको नक्साङ्कनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन् नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ । यस राजमार्गको  अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ। 

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्