Kathmandu Press

प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोस्टको निरीक्षण

तनहुँ, वैशाख २३ : प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन् । प्रधानसेनापति शर्माले व्यास...
प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोस्टको निरीक्षण

तनहुँ, वैशाख २३ : प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन् । 

प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ)ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका हुन्। 

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तरक्रिया गरेका थिए  । सो क्रममा उनले उक्त ठाउँमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्ले सम्पादन गर्न निर्देशन दिए। 

निरीक्षणका क्रममा कालीभञ्जन गण (इ)का गणपति प्रमुख सेनानी रामज्योति बोहराले प्रधानसेनापति शर्मालाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए। 

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्