Kathmandu Press

सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको...
सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ। 

सभापति दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिए। कारबाहीमा पर्नेमा धर्मदेवी नगरपालिकाका डम्बरकुमार पौडेल, राजु घिमिरे, भोलामान घिमिरे र नवराज भण्डारी, मादी नगरपालिकाका यादवचन्द्र खड्का, मकालु गाउँपालिकाका बालकुमार राई, मीनलाल राई, राजीव कटुवाल, दिपेश गुरुङ, धनबहादुर तामाङ, दिलीप तामाङ, आङरिन्जे शेर्पा, धनबहादुर तामाङ र दिलीप विक छन्।

यस्तै पाँचखपन नगरपालिकाका सन्तोष बस्नेत, भरत बस्नेत, तिलक तामाङ, पूर्णबहादुर थापा, पुष्पबहादुर गुरुङ, सागर विक, कुमार राई, सलन राई र सन्देश याक्खालाई पनि कारबाही गरेको कांग्रेस सङ्खुवासभाले जनाएको छ । उनीहरुलाई पार्टीको विधान, २०१७ (संशोधनसहित)को परिच्छेद ९, धारा ३४, १ (घ) बमोजिम कारबाही गरिएको हो। 

प्रकाशित मिति: ११:०४ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्