Kathmandu Press

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौं, वैशाख २३ : काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु...
गोली र सालकको खपटासहित पक्राउ

काठमाडौं, वैशाख २३ : काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन्। 

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ। 

प्रकाशित मिति: १०:१५ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्