Kathmandu Press

बङ्गलादेशका ७५ प्रतिशतलाई कोरोना विरुद्धको खोप

ढाका, बैशाख २२ : बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस विरुद्धको खोप ७५ प्रतिशतलाई लगाइएको छ।कुल जनसङ्ख्याको ७५ प्रतिशतले खोप लगाएको सरकारी अधिकारीहरूले जानकारी दिएका...
बङ्गलादेशका ७५ प्रतिशतलाई कोरोना विरुद्धको खोप

ढाका, बैशाख २२ : बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस विरुद्धको खोप ७५ प्रतिशतलाई लगाइएको छ।

कुल जनसङ्ख्याको ७५ प्रतिशतले खोप लगाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। खोप लगाउन योग्य मध्येका भने ९८ प्रतिशतले खोप लगाएको पनि उनीहरूले स्पष्ट पारेका छन्।

'हामीले कुल जनसङ्ख्याका ७५ प्रतिशतलाई खोप लगाएका छौँ, उनीहरु खोप लगाउन योग्य मध्ये ९८ प्रतिशत हुन,' बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेक्युले भने।

Hardik ivf

उनले कोरोना भाइरस विरुद्धको खोप अभियानमा उल्लेख्य सफलता हासिल भएको भन्दै सन्तोष व्यक्त गरे।

लक्षित बर्गका धेरैले खोप लगाइसकेकोले अव महामारीबाट धेरै क्षति नहुने विश्वास पनि उनले व्यक्त गरे।

मन्त्री मालेक्युले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद दिए। विशेषगरि स्वास्थ्यकर्मीहरू धन्यवादको मुख्य पात्र भएको उनको भनाई छ।  

धेरै मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाएकाले इद पर्व पनि ढुक्कसँग मनाउन पाइएको उनले अनुभव सुनाए।

बङ्गलादेशमा कोरोना भाइरस विरुद्धको खोप अभियान गत वर्षको जनवरीदेखि सुरु भएको थियो ।

भारतले खोप उपलब्ध नगराएपछि बङ्गलादेशमा सबैभन्दा पहिला एस्ट्राजेनिका खोप लगाइएको थियो। त्यसपछि भने सिनोफर्मा, मोड्रना, फाइजर, सिनोभ्याक, जोनसन एण्ड जोनसनलगायतका खोपहरू पनि प्रयोग गरिएको अधिकारीहरूले जनाएका छन्।

 

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्