यूरोप भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता
नयाँ दिल्ली, बैशाख २२ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने यूरोप भ्रमण पुरा गरी बिहीबार स्वदेश फर्किएका छन्। गत सोमबार यूरोप प्रस्थान गरेका...
नयाँ दिल्ली, बैशाख २२ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने यूरोप भ्रमण पुरा गरी बिहीबार स्वदेश फर्किएका छन्।
गत सोमबार यूरोप प्रस्थान गरेका मोदीले जर्मनी, डेनमार्क र फ्रान्सको औपचारिक भ्रमण गरेका हुन।
बिहीबार स्वदेश फर्किएपछि पनि उनले सात/आठ ओटा बैठकमा सहभागिता जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बैठकमा उgले आफ्नो यूरोप भ्रमणबारे जानकारी गराउFदै बर्षा र बाढी पहिरोले मुलुकमा पार्ने असरलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए।
उनले बर्षा याम आइसकेकाले क्षति कम गर्न अहिलेदेखि नै तयारी गर्नुपर्ने र त्यसका लागि गर्ने कामहरूका बारेमा छलफल गर्दै निर्देशन दिएको जनाइएको छ।
यूरोप भ्रमणका क्रममा उनले तीन देशका शीर्ष नेता, उच्च सरकारी अधिकारी, व्यवसायी, विज्ञ र ती देशमा रहेका भारतीयहरूसँग भेटवार्ता गरेका थिए।
उनले फ्रान्समा पुनः निर्वाचित राष्ट्रपति इम्यानुयल म्याक्रोँलाई भेटेर दुई देशको सम्बन्ध थप प्रगाढ बनाउने बारेमा छलफल गरेका छन। उनीहरूले सुरक्षा, अन्तरिक्षलगायतका विषयमा कुराकानी गर्नुका साथै जनता जनताबीचको सम्बन्धलाई पनि थप विस्तार गर्ने योजना बनाएका छन्।
त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्दै उनीहरूले कतिपय विषयमा साझा धारणा बनाउँदै साझा भूमिका खेल्ने सहमति पनि गरेकाे जनाइएको छ।
दुवै पक्षले भ्रमण र छलफल अत्यन्त उपलब्धीमुलक भएको दावी गर्दै एक अर्कालाई बधाइ दिएका छन्।
फ्रान्स सरकारले आफुलाई न्यानो स्वागत र सत्कार गरेको प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन।
भ्रमणको पहिलो दिन मोदी जर्मनीको बर्लिन पुगेका थिए दोस्रो दिन डेनमार्कको कोपनहेगन गएका थिए।
उनले भ्रमणका क्रममा भएका शीर्ष नेताहरूसँगको भेटवार्तामा रूसले यूक्रेनमाथी आक्रमण गरेको विषयमा पनि छलफल गरेकाे भारतको विदेश मन्त्रालयले जनाएको छ।












