Kathmandu Press

एमालेका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष ओलीको आग्रह

एमालेका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष ओलीको आग्रह

कञ्चनपुर, बैशाख २२ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्र र प्रदेश सरकारसित समन्वय गरेर विकास निर्माण र जनताका समस्या समाधान गर्न एमालेबाट उम्मेदवार बनेकालाई जिताउन आग्रह गरेका छन।

कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीसभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले स्थिरता र स्थायित्वका लागि सुदृढ राजनीतिक शक्ति चाहिने भन्दै यस्तो शक्तिलाई विजय गराउन नागरिकसँग आग्रह गरे।

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा लिएर राष्ट्र निर्माणमा जुट्न पनि उनले सबैसँग आग्रह गरे। उनले एमाले सरकारमा रहँदा जनताका काम गरेको दाबी पनि गरे।

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्