Kathmandu Press

हत्याका आरोपी तीन वर्षपछि पक्राउ

काठमाडाैं, बैशाख २२ : कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउपर्नेमा काठमाडौँको नैकाप बस्ने सिन्धुलीको...
हत्याका आरोपी तीन वर्षपछि पक्राउ

काठमाडाैं, बैशाख २२ : कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउपर्नेमा काठमाडौँको नैकाप बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन्।

काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मङ्सिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।  

Hardik ivf

घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी कानूनी कारवाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ।

उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौँको तारकेश्वर नगरपालिका–१ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौँको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन्। सुन्दासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको जनाइएको छ।

प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्