Kathmandu Press

सवारी दुर्घटना हुँदा एककाे मृत्यु, दुई घाइते

सवारी दुर्घटना हुँदा एककाे मृत्यु, दुई घाइते
Hardik ivf

पाल्पा, बैशाख २२ : पाल्पाकाे सिद्धार्थ राजमार्गअन्तर्गत चरचरेमा सामान बोक्ने गाडी दुर्घटना भएकाे छ। दुर्घटनामा एक जनाको मृत्यु हुनुकाे साथै अन्य दुई जना घाइते भएका छन्।

बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु१च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका-५, चरचरेमा दुर्घटना हुँदा रामपुर नगरपालिका-३, गण्डकीढिक स्थायी घर भई रामपुर-५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए।

रामपुर नगरपालिका-३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएका छन्।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्