करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं, वैशाख २२ : कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुर सुपारी आम बस्ने ४२ वर्षीया शारदा जोशीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।आफ्नै...
काठमाडौं, वैशाख २२ : कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुर सुपारी आम बस्ने ४२ वर्षीया शारदा जोशीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको नल्कमा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नवजिबन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै पर्वतको पैयुँ गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हटिया बस्ने ३६ वर्षीय राजु लामिछानेको बिहीबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते उनको वालिङ स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












