Kathmandu Press

सुनौलो रङको कछुवासहित काठमाडौंबाट २३ वर्षीय युवक पक्राउ 

सुनौलो रङको कछुवासहित काठमाडौंबाट २३ वर्षीय युवक पक्राउ 

काठमाडौं, वैशाख २२ : काठमाडौंको चाबाहिलबाट सुनौलो रङको कछुवासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर घर भई साखु बस्दै आएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन्। 

२० लाख रुपैयाँमा सुनौलो कछुवाको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चाबाहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट आशिलाई कछुवासहित नियन्त्रणमा लिएको हो।

आशिषलाई पक्राउ गरी जिल्ला बन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जानकारी दिएको छ।  
 

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्