Kathmandu Press

२५ ग्राहकलाई मौसमी र बेमौसमी तरकारी खेती तालिम 

काठमाडौं, बैशाख २२ : सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा २५ ग्राहक सदस्यलाई बेमौसमी तथा मौसमी तरकारी खेती तालिम दिएको छ...
२५ ग्राहकलाई मौसमी र बेमौसमी तरकारी खेती तालिम 

काठमाडौं, बैशाख २२ : सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा २५ ग्राहक सदस्यलाई बेमौसमी तथा मौसमी तरकारी खेती तालिम दिएको छ । 

दाङ जिल्लाको लमही नगरपालिका–५, लमहीमा बैशाख २० गतेदेखि २२ गतेसम्म सञ्चालित उक्त तालिममा श्री हरि प्रसाद शर्मा, पवन कुमार श्रेष्ठ, सिता रानाभाट, अनिता वि.क. ले प्रशिक्षण दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी दिए। 

उक्त तालिममा करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग वाली खेती र बेमौसमी तथा मौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन बारे सचेत गराइएको थियो। 

पौडेलका अनुसार, संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरेको र  धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको छ । तालिममा सहभागीहरुले गढवा नगरपालिका—७, मोतिपुरका उमिसा चौधरीको २ विघाहामा फैलिएको कृषि फार्म गरेका थिए। 

यस्तै, संस्था नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले संस्थाले आफनो ग्राहक सदस्यहरुलाई उद्यमी बनाउनका लागि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आई रहेको जानकारी गराए । साथै व्यवसायिक रूपमा तरकारी उत्पादन गरेमा तरकारी खेतीबाट मनग्य फाइदा लिन सकिने उनको भनाइ छ। 

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लामा ९० शाखा कार्यालय, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयको सञ्जालहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरू सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको पौडेलले जानकारी दिए ।

 

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरू स्थापना गरी सदस्यहरूलाई आवश्यकता अनुसार लगानी गर्दै आएको र २०७८ चैत्र मसान्तसम्ममा ७३ हजार ३ घरधुरीमा सेवा विस्तार गरेको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा लगानीमा रहेको कर्जा ४ अरब ५९ करोड रुपैयाँ रहेको छ भने ग्राहक सदस्यहरूको १ अरब २५ करोड रकम बचत परिचालन गरेको पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्