Kathmandu Press

संयुक्त राष्ट्रसंघको कार्ययोजना- सन् २०३० सम्म स्वच्छ, किफायती ऊर्जा

न्युयोर्क, वैशाख २२ : संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबैका लागि स्वच्छ, किफायती ऊर्जा प्राप्त गर्न बुधबार आफ्नो ऊर्जा योजनाको सुरुवात गरेको संयुक्त...
संयुक्त राष्ट्रसंघको कार्ययोजना- सन् २०३० सम्म स्वच्छ, किफायती ऊर्जा

न्युयोर्क, वैशाख २२ : संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबैका लागि स्वच्छ, किफायती ऊर्जा प्राप्त गर्न बुधबार आफ्नो ऊर्जा योजनाको सुरुवात गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन्।

यो योजनाले गत सेप्टेम्बरमा भएको ऊर्जा सम्बन्धी उच्चस्तरीय वार्तामा गरेको बृहत् वाचा पूरा गर्न विश्व निकायका ३० संस्था र अन्तरराष्ट्रिय संस्थाहरूद्वारा सामूहिक कार्यका लागि कदमहरू तय गरिएको संयुक्त राष्ट्रसंघका प्रमुख प्रवक्ता स्टेफेन डुजारिकले उल्लेख गरेका छन्।

Hardik ivf

त्यो प्रतिबद्धतामा ५० करोड बढी मानिसको बिजुलीमा पहुँच र १ अर्ब बढी मानिसलाई सफा खाना पकाउने प्रबन्धको समाधान, २०२५ सम्ममा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा ३ करोड रोजगारी सिर्जना गर्ने भएको दुजारिकले भनेका छन्।

सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जा जलवायु आपतकालीन र सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जनलाई सम्बोधन गर्न महत्त्वपूर्ण छ।

प्रवक्ताले नयाँ ऊर्जा कम्प्याक्ट एक्शन नेटवर्क पनि घोषणा गरेका छन्। यसको लक्ष्य सरकारहरूसँग उनीहरूको स्वच्छ ऊर्जा लक्ष्यहरूको लागि समर्थन खोज्ने सरकारहरूलाई मिलाउनु हो।

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्