Kathmandu Press

लागुऔषधसहित दुई पक्राउ

कर्णाली, वैशाख २२ : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ।  पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी...
लागुऔषधसहित दुई पक्राउ

कर्णाली, वैशाख २२ : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ।  

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्त एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क १ प ५२९ नम्बरको मोटरसाईकललाई जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट (लागुऔषध) फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

मोटरसाईकल चालक मोहमद र सोही मोटरसाईकल पछाडि सवार खानलाई जाँज गर्दा दुई पुरिया प्लास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, सात ट्याबलेट नाईट्राभेट बरामद गरिएको प्रवक्ता पाण्डेले बताए। पक्राउ परेका दुवैलाई सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्