थप १७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २१७ जना
काठमाडाैं, वैशाख २२ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परीक्षणका क्रममा १५...
काठमाडाैं, वैशाख २२ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ३० जना निको भएका छन्।
हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्।
प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












