Kathmandu Press

अफगानिस्तानमा बाढीका कारण ८ जनाको मृत्यु

पुल्खुमरी, वैशाख २२ : अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको...
अफगानिस्तानमा बाढीका कारण ८ जनाको मृत्यु

पुल्खुमरी, वैशाख २२ : अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन्।

उत्तरी बाघलान प्रान्तको दहनाघोरी जिल्लामा बुधबार राति आएको अविरल वर्षा र आँधीका कारण कैयौं गाउँमा आएको बाढीमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

Hardik ivf

बाढीले करिब ९०० घरलाई पनि नराम्ररी क्षति पुर्याएको वा बगाएको अधिकारीले बताएका  छन्। बुधबार राति आएको बाढीका कारण करिब ९ हजार एकड खेतबारीमा क्षति पुगेको अधिकारीले जानकारी दिए।

त्यसैगरी, बुधबार पश्चिमी बाघिस प्रान्तको कादिस र घोरमाच जिल्लाहरूमा भीषण बाढीले दुई बालबालिकासहित चार जनाको ज्यान गएको र पाँच जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी बरिदाद साबिरीले जानकारी दिएका छन्।

अधिकारीहरुका अनुसार मङ्गलबार पनि उत्तरी फर्याबमा दुई जनाको र पूर्वी परवान प्रान्तमा दुई जनाको बाढीले ज्यान लगेको छ। राजधानी काबुललगायत युद्धग्रस्त अफगानिस्तानका केही भागमा मङ्गलबार र बुधबार मुसलधारे पानी परेको छ।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्