कालीकोट आइपुगे मतपत्र
काठमाडाैं, वैशाख २२ : आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ। जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र...
काठमाडाैं, वैशाख २२ : आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ।
जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पु¥याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्र सहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिए।
जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता छन्।
जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए। निर्वाचन सुरक्षामा लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले निर्वाचनमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने बताए।
प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












