Kathmandu Press

कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : डब्लुएचओ

जेनेभा, वैशाख २२ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ।अहिले पछिल्ला...
कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : डब्लुएचओ

जेनेभा, वैशाख २२ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ।

अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ।

ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ।

विश्वमा कोभिडका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ। साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ।

यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त संगठनको भनाइ छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए। यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो।

तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, वैशाख २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्