दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा दुईजनाको मृत्यु, एक घाइते
वासिङटन, वैशाख २२ : अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।प्रहरीलाई...
क्यालिफोर्निया, वैशाख २२ : अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले साे जानकारी दिएकाे हाे।
स्थानीय समयअनुसार बिहान सवा २ बजे रिभरसाइड सहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि अनुसन्धानकर्ताहरू त्यहाँ पुगेका थिए।
घटनाबारे अनुसन्धान जारी रहेकाे जनाइएकाे छ।
प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












