Kathmandu Press

ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

फुङ्लिङ, वैशाख २२ :  ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी...
ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति
फाइल तस्बिर
Hardik ivf

फुङ्लिङ, वैशाख २२ :  ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए। उहाँहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ।   

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्