Kathmandu Press

एसईई दिएका विद्यार्थीका लागि एनसेलले ल्यायो ‘पहिलो सिम’

काठमाडौं, बैशाख २२ : एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले...
एसईई दिएका विद्यार्थीका लागि एनसेलले ल्यायो ‘पहिलो सिम’

काठमाडौं, बैशाख २२ : एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि ‘पहिलो सिम’ ल्याएको छ । 

यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि चार जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

Hardik ivf

यो योजना बैशाख १६ देखि संचालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आमा÷बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटो सहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरूबाट यो पहिलो सिम लिन सक्छन् ।

कर सहित मात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल  (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि चार जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्छन् ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि एक जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा सात दिनको लागि मान्य रहने व्यवस्था गरिएको छ ।

विद्यार्थीहरुलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरूसंग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन मद्दत पु¥याउने एनसेलको विश्वास छ ।
 

प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्