बेंग्लोरसँग चेन्नई १३ रनले पराजित
काठमाडौं, वैशाख २२ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ।बेंग्लोरले चेन्नई सुपर किङ्ग्सलाई १३ रनले...
काठमाडौं, वैशाख २२ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ।
बेंग्लोरले चेन्नई सुपर किङ्ग्सलाई १३ रनले पराजित गरेको हो। बेंग्लोरले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले आठ विकेट गुमाएर १६० रन मात्र बनायो। चेन्नईका डेभोन कोन्वेले ५६ रन बताए।
बेंग्लोरका हर्सल पटेलले तीन र ग्लेन म्याक्स्वेलले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको बेंग्लोरले आठ विकेट गुमाएर १७३ रन बनाएको थियो। बेंग्लोरका महिपाल लोमरोरले ४२, फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रन बताए।
चेन्नईका महिशले तीन र मोइन अलीले दुई विकेट लिए।
यो जितसँगै बेंग्लोरले ११ खेलमा १२ अङ्क जोडेर अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेन्नई १० खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ।
प्रकाशित मिति: ०७:१७ बजे, बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












