Kathmandu Press

पहाडी भूभागमा आज पनि वर्षाको सम्भावना

काठमाडौं, वैशाख २२ : जल तथा मौसम विज्ञान विभागले आज पनि पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।नेपालमा स्थानीय वायु र भारतको उत्तर...
पहाडी भूभागमा आज पनि वर्षाको सम्भावना

काठमाडौं, वैशाख २२ : जल तथा मौसम विज्ञान विभागले आज पनि पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०३ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्