Kathmandu Press

विश्व प्रेस काउन्सिलको बैठक : मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता

काठमाडाैं, बैशाख २१ : प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ। अफ्रिकी...
विश्व प्रेस काउन्सिलको बैठक : मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता

काठमाडाैं, बैशाख २१ : प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ। अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस काउन्सिल नेपालको तर्फबाट यस्तो सुझाव राखिएको हो।

नेपालको तर्फबाट प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरै खालका प्रयास भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी भइसकेको बताए।

Hardik ivf

'हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयास गरेका छौँ। यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न काम काउन्सिलले गरिरहेको छ। सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ,' वल्र्ड एसोसिएशन अफ प्रेस काउन्सिलको आज सुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो। उनले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राखे।

केन्याका सूचना तथा सञ्चारमन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौती सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए। राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुनेतर्फ उनको जोड थियो।

विभिन्न तीन दर्जन मुलुकका अध्यक्ष र प्रतिनिधि सहभागी बैठकमा नेपालबाट अध्यक्ष बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेलबासेको सहभागिता छ।

विश्व प्रेस काउन्सिलका महासचिवसमेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तनसँगै मिडियामा विभिन्न समस्या थपिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखे। विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा डा सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी दिए।

प्रकाशित मिति: २०:५५ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्