Kathmandu Press

सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो : नारायणकाजी श्रेष्ठ

सङ्खुवासभा, बैशाख २१ : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताएका छन।...
सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो : नारायणकाजी श्रेष्ठ
Hardik ivf

सङ्खुवासभा, बैशाख २१ : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताएका छन। आज सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताए।

'पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन होइन,' उनले भने, 'नेपालमा छ दशक लामो सङ्घर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँचदलीय गठबन्धन गरिएको हो।'

नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो। त्यस्तै चुनावीसभाका लागि आएका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरङ्कुशताको विकल्पमा गठबन्धन गरिएको बताए।

प्रकाशित मिति: २०:२५ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्