Kathmandu Press

खेलकुद पत्रकार मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः देवेन्द्र

काठमाडौं, वैशाख २१ : नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुुवेदी ‘देवेन्द्र’ निर्वाचित भएका छन्। बुधबार सम्पन्न १७ औं...
खेलकुद पत्रकार मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः देवेन्द्र

काठमाडौं, वैशाख २१ : नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा पुनः  दुर्गानाथ सुुवेदी ‘देवेन्द्र’ निर्वाचित भएका छन्। 

बुधबार सम्पन्न १७ औं साधारणसभाबाट ५९ मतसहित देवेन्द्र अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश तिमिल्सिनाले ३३ मत प्राप्त गरे। 

त्यस्तै मञ्चको प्रथम उपाध्यक्षमा निरञ्जन अधिकारी, उपाध्यक्षमा संजीव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अञ्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित भएका छन्। 

यस्तै सदस्यहरुमा अनिल मल्ल ठकुरी, कुशल तिमिल्सिना, निशान राई र मुना कार्की चयन भए। 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्