भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता
कोपनहेगन, वैशाख २१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गर्नु भएको छ। युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री मोदीले भ्रमणको...
कोपनहेगन, वैशाख २१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन्। युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन्। कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गरेको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ।
भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गर्नु भएको रात्रीभोजमा समेत सहभागी हुनुभएको थियो। सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्वितीय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरेका छन्। एक दिने डेनमर्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गरेका छन्। उनले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउँदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गर्नु भएको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गर्नु भएको छ। सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गरेका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुगेका हुन्।
उनले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेको थिए। उनीहरुका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरबारे पनि छलफल गरेको बताइएको छ।
भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि धेरै जसोसँग छलफल गरेका छन्।
सोमबार जर्मनीबाट युरोप प्रवेश गर्नु भएका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गरेका छन् भने बुधबार फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ।












