Kathmandu Press

भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ८८ हजार

नयाँ दिल्ली, वैशाख २१ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ।ती मध्ये तीन हजार २०५...
भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ८८ हजार

नयाँ दिल्ली, वैशाख २१ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। 

नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन्। पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ।

Hardik ivf

संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ। देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ। 

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्