Kathmandu Press

१८ महिनामा देशभर एक सय शाखा खोल्न साथी मार्ट सफल

काठमाडौं, वैशाख २१ : सन् २०२० मा औपचारिक रूपमा सञ्चालनमा आएको साथी मार्टले आफ्नो १००औं शाखा विस्तार गरेको छ। मंगलबार सानेपामा साथी मार्टको १००औँ...
१८ महिनामा देशभर एक सय शाखा खोल्न साथी मार्ट सफल

काठमाडौं, वैशाख २१ : सन् २०२० मा औपचारिक रूपमा सञ्चालनमा आएको साथी मार्टले आफ्नो १००औं शाखा विस्तार गरेको छ। 
मंगलबार सानेपामा साथी मार्टको १००औँ शाखा सञ्चालनमा आएको हो। नेपालमा अन्तराष्ट्रिय तहको खुद्रा व्यापारलाई अनलाइन टु अफलाइन (ओटुओ) सिस्टममा लैजाने यसको मुल उद्देश्य रहेको साथी मार्टका प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले जानकारी दिए। 

‘साथी मार्ट एउटा अनलाइन र अफलाइन रिटेल चेन हो। औपचारिक रूपमा सञ्चालनमा आएको १८ महिना भएको छ। अहिले पश्चिममा दार्चुलादेखि पूर्व काँकडभित्तासम्म र हिमालदेखि तराइको विभिन्न जिल्लामा गरी देशभर एक सय वटा आउटलेटहरू विस्तार भइसकेका छन्,’ उनले भने ‘साथी मार्टबाटै प्रत्यक्ष रूपमा झण्डै एक हजार जनाले रोजगारी पाएका छन्। ग्राहकको संख्या अहिलेसम्म २० लाख पुगिसकेको अवस्था छ।’ 

Hardik ivf

साथी मार्ट अन्तर्गत ग्राहकले स्टोरमै गएर सामान खरिद गर्न सकिनुका साथै घरबाटै मोबाइल एपको सहयोगले अनलाइन अर्ड एवं डेलिभरीको समेत व्यवस्था रहेको पोखरेल बताउँछन्। साथी मार्ट, नेपालमा ओटुओ सिस्टमबाट चलेका अन्य मार्टहरूभन्दा भिन्न रहेको उनको दावी छ। आगामी चार वर्षमा देशभर एक हजार वटा आउटलेट सञ्चालनमा ल्याई नेपालकै सबैभन्दा ठुलो ओटुओ प्लाटफर्म बनाउने योजना रहेको उनी बताउँछन्। 

यस्तै, यो प्लाटफर्मले स्थानिय उत्पादनहरूलाई पनि विशेष ‘मेड इन नेपाल क्यानपेइन’ भनेर प्रवद्र्धन गरिरहेको उनी बताउँछन्। ‘अरु अनलाइनले मार्केट प्लेसमा काम गर्छ। अर्थात उनीहरूले ग्राहक र व्यापारीको बिचमा रहेर सामान बिक्री वितरण गर्छ। भने हामीले आफूसँग स्टकमा रहेको सामानलाई मात्र मौबाइल एपमा राख्छौँ,’ उनले भने, ‘त्यसैकारण सामान वा कम्पनीको हेरफेर हुने सम्भावना कम रहन्छ। त्यसैले पनि अन्य प्लाटफर्मभन्दा हामी फरक छौँ।’

साथी मार्टको शाखा अर्घाखाँची, जिरी, जुम्ला लगायत विभिन्न विकट ठाउँहरूमा रहेका छन्। यस्ता ठाउँहरूमा सामानहरू पु¥याउन अप्ठेरो, त्यहाँका ग्राहकमा डिजिटल सपिङको अनुभव नहुनु, कर्मचारीलाई पनि डिजिटल सफ्टवेयरबाट बिलिङ गर्न अप्ठेरो हुनु, दक्ष कर्मचारीको अभाव लगायतका समस्याहरू रहेको उनले बताए। 

उनका अनुसार, कतिपय जिल्लामा पहिलो पटक यस्ता मार्ट सञ्चालनमा आएको हुँदा त्यहाँका ग्राहकलाई मार्टको बाहिरी सजावट र ढाँचा हेर्दा महँगो लाग्ने गरेको छ। तर पछि सामान खरिद गर्दा अन्य ठाउँकै जस्तो सहुलियतमा पाउनुका साथै सबै सामान एकैसाथ पाउने हुँदा ग्राहकहरूको राम्रो प्रतिक्रिया आएको उनको भनाइ छ। एउटा मार्टका लागि करिब ५० लाख खर्च हुने उनले जानकारी दिए। 
काठमाडौंको विभिन्न ठाउँमा करिब २० वटा मात्र आउटलेट छन् भने बाँकी ८० वटा आउटलेट देशका अन्य जिल्लामा रहेका छन्।

अफलाइन मार्ट अन्तर्गत कुल तीन वटा विजनेस मोडलहरू रहेका छन्। जसमध्ये कन्भिनियन्ट ग्रोसरी स्टोर (ग्रोसरीको सामान मात्रै पाइने), सुपरमार्केट मोडल (ग्रोसरी र इलेक्ट्रोनिक सामानहरू पाइने) र हाइपर मार्केट मोडल (इलेक्ट्रोनिक, कपडा, भान्साका सामान लगायत सबै सामानहरू पाइने) रहेका छन्। उपयुक्त ठाउँ, ग्राहकको संख्या र माग हेरेर उक्त मोडलअनुसार मार्ट बनाउने गरिएको उनले बताए। 

साथी मार्ट अहिले २६ करोडको पुँजीमा सञ्चालित रहेको र आगामी आर्थिक वर्षसम्ममा एक सय ५० वर्षको पूँजी बनाएर जाने योजनामा रहेको पोखरेलले जानकारी दिए। साथै कुनै पनि जिल्लाको प्रमुख शहरहरूका साथै गाउँपालिकामा पनि विस्तरको विशेष योजना रहेको उनले जानकारी दिए। 
 

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्