Kathmandu Press

अदालतबाट २४ लाख ५९ हजार जरिवना ठहर भएका सुवाल पक्राउ

अदालतबाट २४ लाख ५९ हजार जरिवना ठहर भएका सुवाल पक्राउ

काठमाडौं, वैशाख २१ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २४ लाख ५९ हजार ८२२ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र रु २४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो।

Hardik ivf

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए।

पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्