Kathmandu Press

थप १९ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

काठमाडाैं, वैशाख २१ : नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा...
थप १९ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

काठमाडाैं, वैशाख २१ : नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

१ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोना कारण थप १ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ।

त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मनत्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्