Kathmandu Press

युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु

किभ, वैशाख २१ : युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ।पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक...
युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु

किभ, वैशाख २१ : युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ।

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए। 

Hardik ivf

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ। अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ।

प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति: १२:१० बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्