Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जबाट नरभक्षी बाघ नियन्त्रण 

चितवन, वैशाख २१ : चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट  बाघ नियन्त्रणमा लिइएको...
चितवन राष्ट्रिय निकुञ्जबाट नरभक्षी बाघ नियन्त्रण 

चितवन, वैशाख २१ : चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट  बाघ नियन्त्रणमा लिइएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । 

Hardik ivf

थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ । बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उनले जानकारी दिए । 

बाघ राख्न कसरा र सौराहामा खोर छ । कसराका खोरमा दुईवटा बाघ रहेका छन् । एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो । सूचना अधिकारी तिवारीका अनुसार विसं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ ।  निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो।   

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्