Kathmandu Press

लुम्बिनी प्रदेश सभा अधिवेशन २० दिन स्थगित

बुटवल, वैशाख २१ : लुम्बिनी प्रदेश सभाको अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ।गत असोज २९ गते सकिएको नवौँ अधिवेशन ६ महिनाभित्र...
लुम्बिनी प्रदेश सभा अधिवेशन २० दिन स्थगित

बुटवल, वैशाख २१ : लुम्बिनी प्रदेश सभाको अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ।

गत असोज २९ गते सकिएको नवौँ अधिवेशन ६ महिनाभित्र बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न आज बोलाइएका थियो। प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पहिलो सत्रमा अवरुद्ध गरी दोस्रो सत्रमा बहिष्कार गरेको १०औँ अधिवेशनको दोस्रो बैठक स्थानीय तहको निर्वाचन परिणाम आएपछि बस्नेछ।

Hardik ivf

प्रदेशसभाका सदस्यहरु निर्वाचनमा व्यस्त रहने हुनाले निर्वाचन परिणाम नआउँदासम्म स्थगित गरिएको जनाइएको छ।

प्रदेश सभाको अधिवेशनको पहिलो बैठक शुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै बैठक चल्न नदिने बताए। उनले बोलेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि पहिलो सत्रको बैठक स्थगित भएको हो।

 

प्रकाशित मिति: ०६:३० बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्