Kathmandu Press

निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड’

काठमाडौं, वैशाख २० : निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् ।नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज...
निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड’

काठमाडौं, वैशाख २० : निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए ।

आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रवैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने खतिवडाले बताए । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले सरकारले हचुवाका भरमा बस्तुहरुको आयात रोकेको तर्क गरे । कुन बस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला नीजि क्षेत्रसंग छलफल तथा अध्ययन पछि मात्रै सरकारले निर्णय गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

आन्तरिक उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्नका लागि राज्यको नीति प्रभावकारी हुनुपर्ने उपाध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा अर्थविद विश्वास गौचन, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार केसी लगायतले मुलुको अर्थतन्त्रमा केही चाप परेपनि अल्पकालिन भएको बताए । 

युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटी चाप परेकाले सरकार र सरोकारवालाको ध्यानकर्षण गराउन खोजिएकोे बताए । 

प्रकाशित मिति: २०:०० बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्