Kathmandu Press

साथीमार्टको १०० औं शाखा सानेपामा, महानायक हमालले गरे उद्घाटन 

काठमाडौं, वैशाख २० : करिब दुई बर्ष अगाडी बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको साथीमार्टले ललितपुरको सानेपा खरिबोटमा १०० औं शाखा...
साथीमार्टको १०० औं शाखा सानेपामा, महानायक हमालले गरे उद्घाटन 

काठमाडौं, वैशाख २० : करिब दुई बर्ष अगाडी बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको साथीमार्टले ललितपुरको सानेपा खरिबोटमा १०० औं शाखा खोलेको छ । 

ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौं आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ र सकारात्मक भएको कम्पनी भएकाले आफू जोडिएको बताए । 

आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । साथीमार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामक रुपमा आफ्नो ब्यापार बिस्तार गर्न  ‘साथी पार्टनस’ कम्पनी समेत घोषणा गरेको छ । 

हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी सृजना गरेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । 
 

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्